पुस ८ गते शुक्रबार दिउँसो २ बजे  बसेको नियमित बैठकको निर्णय।

नेपाल आयुर्वेद चिकित्सक संघको  पुस ८ गते शुक्रबार दिउँसो २ बजे  बसेको नियमित बैठकमा तपशिल बमोजिम विषयमा छलफल एवं निर्णय भएको छ |

१. कोठा व्यवस्थापन सम्बन्धमा: आफ्नो स्थापना काल देखि आयुर्वेद चिकित्सालय नरदेवीमा आफ्नो कार्यालय स्थापना गरी नियमित काम काज गर्दै आएको नेपाल आयुर्वेद चिकित्सक सङ्घ विगत लामो समय देखि कोठा विहीन अवस्थामा सञ्चालनमा रहेको अवस्थामा तत्काल कोठा व्यवस्थापनका लागि आयुर्वेद चिकित्सालय नरदेवी सँग समन्वय गर्ने निर्णय गरियो | 

२. नेपालमा आयुर्वेद चिकित्साको प्रचारप्रसारमा मद्दत पुर्‍याउने उद्देश्यले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ -संस्थाहरुसंगको सहकार्यमा आगामी फेब्रुअरी र मार्चमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन गर्ने निर्णय गरियो |

३. सङ्घीय संरचनामा प्रदेशको भूमिका मुख्य हुने हुँदा प्रादेशिक उपाध्यक्षहरूलाई क्रियाशील बनाउन एवं प्रदेश समिति गठन प्रक्रिया सहज बनाउन निर्देशिका जारी गरी गर्ने निर्णय गरियो |

४. नेपाल आयुर्वेद चिकित्सक सङ्घद्वारा  सञ्चालित विगत ३ महिना देखीको गुनासो सुझाव पोर्टलमा प्राप्त गुनासा एवं सुझावको आधारमा 

a. निजी स्वास्थ्य संस्थाका लागि नेपाल सरकारको न्यूनतम पारिश्रमिक अनुसार रोजगारी करार सम्झौता पत्रको ढाँचा तयार गरी प्रदेश एवं स्थानीय निकायमा पत्राचार गर्ने निर्णय गरियो |

b. आयुर्वेदका संस्थाहरूको O & M सर्भेका लागि सरोकारवाला निकायसङ अन्तरक्रिया गरी सङ्घ/प्रदेश/स्थानीय निकायमा खाका पेस गर्ने निर्णय गरियो | 

c. आयुर्वेद औषधिको गुणस्तर सम्बन्धमा औषधि व्यवस्था विभागसँग समन्वय एवं पत्राचार गर्ने निर्णय गरियो | 

५. नेपाल आयुर्वेद चिकित्सक सङ्घको सदस्यता एवं अन्य महत्त्वपूर्ण दस्ताबेज लाई सुरक्षित गर्न विद्युतीय अभिलेख राख्ने उद्देश्यले तयार गरिँदै गरिएको डाटाबेसको फर्म सार्वजनिक गर्ने एवं अन्य प्रक्रिया अगाडी बढाउने निर्णय गरियो |

६. आयुर्वेद स्वास्थ्य संस्थाहरूलाई बिमा प्रदायक संस्थाहरूमा सूचीकृत गर्नका लागि पत्राचार एवं पहल गर्ने निर्णय गरियो | 

७. संस्थाको गतिविधि एवं प्रगति मासिक रूपमा सम्प्रेषण गर्ने निर्णय गरियो |

८. अडानको सदस्यको रूपमा रहेका आयुर्वेद चिकित्सकहरूलाइ  भैपरी आउने दुर्घटना तथा अन्य रोगहरूको उपचारका लागि कार्य समितिको निर्णय बमोजिम राहत प्रदान गर्नका लागि राहत उपचार कोष” स्थापना गर्ने निर्णय गरियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *