अडान सदस्य डाटाबेस सम्बन्धी विवरण उपलब्ध गराउने सम्बन्धमा।

श्री सम्पूर्ण नेपाल आयुर्वेद चिकित्सक सङ्घका सदस्यहरू,

विषय: अडान सदस्य डाटाबेस सम्बन्धी विवरण उपलब्ध गराउने सम्बन्धमा।

प्रस्तुत विषयमा, नेपाल आयुर्वेद चिकित्सक सङ्घ विगत ४ महिना देखी संस्था सदस्यहरूको विवरण एवं तथ्याङ्क सङ्कलन गर्ने डाटाबेस निर्माण कार्यमा रहेको जानकारी गराउँदछु।

नेपाल आयुर्वेद चिकित्सक सङ्घद्वारा यस संस्था सदस्यहरूको विवरण एवं तथ्याङ्क सङ्कलन गर्ने डाटाबेस निर्माण कार्यका लागि सदस्यहरूको केही अद्यावधिक विवरण आवश्यकता रहेकाले, निम्न विवरण प्रदान गरिदिनुहुन अनुरोध गर्दछु ।

यस डाटाबेस नेपाल आयुर्वेद चिकित्सक सङ्घको सदस्यता प्राप्त गर्न, सदस्यता अद्यावधिक गर्न, सदस्यता प्रमाण प्राप्त गर्न, विभिन्न संस्था सम्बन्धी विवरण डिजिटल माध्यमबाट सम्प्रेषण एवं सदस्यहरूले ती विवरण प्राप्त गर्न, एवं सङ्घको कार्य सहजीकरण गर्न बनाइएको हो । प्राप्त विवरणको आधारमा सम्पूर्ण सदस्यहरूको लागि, “नेपाल आयुर्वेद चिकित्सक सङ्घ” ले हरेक सदस्यहरूलाई डिजिटल माध्यमबाट यस संस्थाका माथि उल्लेखित कार्य गर्ने गरी सुविधा प्रदान गराउनेछ ।

नोट: यही विवरण अनुरूप डाटाबेस निर्माण हुनेहुँदा, अद्यावधिक विवरणहरू प्रदान गरिदिनु हुन विनम्र अनुरोध छ।

विवरण उपलब्ध गर्ने लिंक : https://forms.gle/D5FvsAY8pK6XmhdD9

Leave a Reply

Your email address will not be published. Required fields are marked *