नेपाल आयुर्वेद चिकित्सक संघले नेपाल महर्षि वेदिक फाउन्डेसन, अन्तराष्ट्रिय महर्षि फाउन्डेसन र अन्य आयुर्वेद सम्बन्धि अन्तराष्ट्रिय संघसंस्थाहरुको सहयोग/सहकार्यमा अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन आयोजना गर्न लागेको विषय सहर्ष जानकारी गराउन चाहन्छौं | काठमाडौँको सोल्टी होटेलमा हुने यो सम्मेलन फागुन १९ गते शुक्रबारबाट शुरु भएर तिन दिन सम्म संचालन हुनेछ |
“सम्पूर्ण स्वास्थ्यका लागि आयुर्वेद” (Ayurveda Holistic Health for all) भन्ने नाराका साथ आयुर्वेदको उद्गमस्थल नेपालमा गरिने यस अन्तराष्ट्रिय सम्मेलनमा ५० भन्दा बढी देशका आयुर्वेद विज्ञ, अनुसन्धानकर्ता, उद्योगी एवं चिकित्सक लगायत ५०० जनाको सहभागिता रहनेछ |
यो सम्मेलनले आयुर्वेदको प्रचारप्रसारमा सहयोग पुग्ने र स्वास्थ्य पर्यटनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ | साथ साथै नेपाली उत्पादनलाई अन्तराष्ट्रियस्तरमा चिनाउन पनि यसले मद्दत गर्नेछ |
तसर्थ, यो अन्तराष्ट्रिय सम्मेलन आयुर्वेद चिकित्सकका साथै सम्बन्धित विद्यार्थी, प्राध्यापक, उत्पादक, व्यवसायी लगायत सम्पूर्ण स्वास्थ्यकर्मीका लागि उपयोगी हुनेछ | नेपाल आयुर्वेद चिकित्सक संघका सदस्यहरुले आफ्नो ADAN सदस्यता नम्बरको आधारमा आफ्नो नाम दर्ता गर्न सक्नु हुनेछ |
नेपालमा पहिलो पटक हुन लागेको यस अन्तराष्ट्रिय सम्मेलनलाई सफल बनाउन सम्पूर्ण इच्छुक महानुभावहरुलाई यथाशिघ्र नाम दर्ता गराउनु हुन अनुरोध गर्दछौं |
पुनश्च: ADAN सदस्यका लागि छुट सहितको दर्ता सुबिधा फेब्रुअरी १० तारिख (२०७९/१०/२७) गते सम्म मात्र रहेको जानकारी गराउन चाहन्छौं |
नाम दर्ताको लागि तलको लिंक प्रयोग गर्न सक्नु हुने |
Link for Registration:
डा कोपिला अधिकारी
महासचिव